Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • दुई सय तेक्‍वान्दो खेलाडीको कोरोना बीमा


    शुक्रबार, भाद्र ५ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला तेक्‍वान्दो संघले दुई सय जनाको कोरोना बीमा गरिदिने भएको छ । काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्‍वान्दो डोजाङका करिब दुई सय जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

    जिल्ला संघको बिहीबार बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए । प्रत्येकको ५० हजारका दरले बीमा गर्न लागिएको हो । त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्‍वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन् ।

    जिल्ला संघले यहि अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ ।

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार