Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पाटन अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३ पुग्यो


    शुक्रबार, भाद्र ५ २०७७
    3.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । ललितपुरको लगनखेल स्थित  पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १३३ पुगेको हो ।

    जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरका अनुसार आज (शुक्रबार) विहान पाटन अस्पतालमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो ।

    आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका ६४ वर्षिया एक संक्रमित पुरुषको मृत्यु भएको थियो ।

    press b 5.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार