काठमाडौं । पछिल्लो समय चितवनका अस्पतालहरुमा कोरोना संक्रमित थपिने क्रम जारी छ। पछिल्लो २४ घण्टामा मात्रै चितवनमा २२ जना संक्रमित थपिएका छन् ।
बिहीबार राति १२ बजेसम्म भरतपुर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भरतपुरका ८ पुरुष र ११ महिला रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।
त्यस्तै संक्रमण पुष्टि हुनेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत पर्वतका ५० वर्षका पुरुष, पर्सा वीरगंजका ६५ वर्षकी महिला र मकवानपुर मनहरीका ७४ वर्षका पुरुष पनि छन्।
त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणका क्रममा नवलपरासी पूर्व मध्यविन्धु अस्पतालमा उपचाररत एक जना पुरुमा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै चितवनको राप्तीमा रहेको क्वारेन्टाइनबाट संकलित नमुना मध्ये तीन जनाको रिपोर्टसमेत पोजेटिभ आएको छ।