Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरको होम आइसोलेशनमा संक्रमितको मृत्यु


    शुक्रबार, भाद्र ५ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका एकजनाको मृत्यु भएको छ ।  विराटनगर महानगरपालिका ६ नम्बर वडाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

    गत भदौ १ मा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी महानगरपालिकाको अनुमतिमा उनी होम आइसोलेसनमा बस्दै आएका थिए। मधुमेह र उच्च रक्तचापका बिरामी उनको बिहीबार राति उनको मृत्यु भएको बताइएको छ । 

    उनको शव व्यवस्थापनका लागि महानगरपालिकालाई जानकारी गराइसकेको र सेनाले त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

    हालसम्म वडामा ७५ जना संक्रमित भएका छन्। त्यसमध्ये ३० जना होम आइसोलेशनमा  छन्। त्यस्तै १० जना संक्रणबाट मुक्त भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार