Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जनता कोरोना महामारीले ग्रस्तः सशस्त्रका एसपी भारतीय भित्र्याउनमै ब्यस्त 


    शुक्रबार, भाद्र ५ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । गएको असार अन्तिममा लकडाउन अन्त्य गरेसँगै भारतबाट आवतजावत मात्र रोक्न सकेको भए पनि नेपालमा कोरोना संक्रमणको यो भयावह रुप नदेखिने विज्ञहरुका धारणा सार्वजनिक रुपमा आइरहेका छन् । तर सीमा सिल गरिएको भनियो, तर ब्यवहारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका हाकिमहरुले नाका नाकाबाट घुस लिंदै भारतीयहरुलाई नेपालमा भित्र्याए । जसको फलस्वरुप कोरोना संक्रमित दैनिक १ हजारका दरले थपिन थालेका छन् । काठमाडौंमा दैनिक २ सय संक्रमित भइरहेका छन् । समुदायमा कोरोना फैलिसकेको छ ।

    काठमाडौंदेखि विभिन्न सहरमा भारतीय कामदारहरुको संख्या उल्लेख्य छ । निर्माण मजदुरदेखि ब्पापारमा पनि भारतीय नै संलग्न छन् । कोरोना संक्रमणपछि लकडाउनमा भारत गएका उनीहरु असार सुरुदेखि नै नेपालमा आउन थाले । सीमामा कडाई भएकाले घुस दिंदै नेपालमा आए । रक्सौल र सुनौलीबाट काठमाडौंसम्म भारतीय ल्याएको ५० हजार रुपैयाँसम्म घुसको कारोबार भएको चर्चा सुरक्षा निकायमा हुने गरेको छ । भारतीयको आगमनले नै कोरोना महामारी फैलिए पनि साउन अन्तिमसम्म पनि घुस लिंदै भारतीय ल्याउने क्रम रोकिएको थिएन भन्ने उदाहरण बाराका सशस्त्रका एसपी दिग्बिजय सुवेदीलाई तानिएको घटनाले पुष्टि गरेको छ ।  

    एसपी सुवेदीले लकडाउनमा प्रतिब्यक्ति १५ सयका दरले घुस लिएर बारामा रहेको जगदम्बा स्टीलमा कार्यरत करिब १५ सय भारतीय मजदुरलाई उद्योगमा ल्याउन छुट दिएको आरोप छ । जगदम्बा स्टीलमा १ हजार ५ सय मजदुर भारतीय छन् । उनीहरुलाई सीमा सुरक्षाको जिम्मा लिएका एसपी सुवेदीले घुस लिएर प्रवेश गराएको खुलेपछि उनी सशस्त्र मुख्यालय तानिएका छन् । कोरोना जस्तो घातक भाइरस संक्रमण फैलाउने कार्य बारा र पर्सामा तीव्र रुपमा फैलिनुको मुख्यकारण जगदम्बा स्टीलमा भित्र्याएका भारतीय मजदुर पनि भएको प्रहरी स्रोत बताउँछ । सीमा सुरक्षाको जिम्मेवारी पाएका एसपी सुवेदीले घुस खाएर कोरोनाको संक्रमण रोक्न नाकामा कडाइ गर्नुपर्ने हो । तर उनी आफैले जगदम्बा स्टीलका मजदुर सीमावारी ल्याई उद्योगमा पुर्याइदिने कार्यमा संलग्न रहेको आरोप छ । लकडाउनमा जगदम्बा स्टीलका संचालक साहिल अग्रवालसँग सेटिङ गरी एसपी सुवेदीले भारतीय कामदार भित्र्याउन सहयोग गरेका थिए ।

    एसपी सुवेदी आइजीपी शैलेन्द्र खनालका विश्वासपात्र भएकाले उनलाई बाराको १२ नम्बर गणमा इन्चार्जमा पठाइएका हुन् । डीएसपी हुँदा गुल्मीको गुल्म प्रमुख रहेका उनले खनालको पुख्र्योली घर निर्माण गरेर उनको मन जितेका र एउटै भेगका पनि भएकाले उनलाई अवसरमाथि अवसर दिने काम खनालले गरे खनालको पुख्र्यौली घर निर्माण गरेर उनको मन जितेका र एउटै भेगका पनि भएकाले उनलाई अवसरमाथि अवसर दिने काम खनालले गरेका छन् । सुवेदीकै कारण बारा पर्सा कोरोना संक्रमणको ‘हटस्पट’ बनेको खुलेपछि उनलाई जिम्मेवारीबाट हटाउन आइजीपी खनालमाथि दबाब परेको थियो । आइजीपी खनालले एसपी सुवेदीलाई जोगाउन हरसम्भव प्रयत्न गरे पनि लकडाउनमा कोरोना संक्रमण फैलाउने कारक भारतीय भित्र्याउने जस्तो काम गरेको पाइएकाले उनी तानिएका छन् । एसपी सुवेदीलाई तानेर सशस्त्र प्रहरी बल गण नम्बर–१२ बाराको इन्चार्जमा  रविनराज कर्णजितलाई काज सरुवा गरिएको छ ।

    भारतीय भित्र्याउने इनर्वाका इन्चार्ज तानिए

    यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवा एवम् इनरुवा चेकपोष्टका इन्चार्ज प्रहरी नायब निरीक्षक(सई) बैद्यनाथ दासलाई प्रदेश कार्यलयका डिआइजीको निर्देशनमा जिल्लामा तानिएको छ । उनले प्रतिब्यक्ति १ हजार रुपैयाँ लिंदै भारतीयलाई नेपाल प्रवेश गर्न दिएको पाइएपछि डीआइजी धिरजप्रताप सिंहकै निर्देशनमा उनलाई जिम्मेवारीबाट हटाइएको समाचार छ । साउन २ गते मध्यरातमा वडा प्रहरी कार्यालय बिर्ताका इन्स्पेक्टर गाडीसहित गएर बैदनाथलाई जिल्ला ल्याएका थिए ।

    दासलाई डिआइजीको निर्देशनमा तानिए पनि क्राइम ब्रान्चका इन्स्पेक्टर रविभूषण यादवको टोलीलाई भने हटाइएको छैन । रविभूषणकै सेटिङमा सई दासलाई इनर्वा नाकाको इन्चार्जमा पठाइएको थियो । सई दासले असारदेखि नै भारतीयसँग प्रतिब्यक्ति १ हजार घुस लिंदै नेपाल प्रवेश गराउँदैआएका थिए । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि डीआइजी धिरजप्रताप सिंहले नाकामा कडाइ गर्ने क्रममा दासले घुस लिएर भारतीय प्रवेश गराउने गरेको खुल्यो । र, उनलाई तुरुन्तै तानिएको छ । भारतीय भित्र्याउनेदेखि राति राति तस्करी गराउन पनि उनी तल्लीन रहेका गुनसा आएपछि उनलाई तानिएको छ ।

    तस्वीरः दिग्बिजय सुवेदी, साहिल अग्रवाल र बैद्यनाथ दास

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार