Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • परदेशमा रहेका नेपाली आउन पाउने, यसरी हुँदैछ ब्यबस्थापन


    शुक्रबार, भाद्र ५ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । नियमित उडानमार्फत सरकारले खाडीसहित विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो  बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले १०१ बर्षकाे उमेरमा मङ्गलबार निधन हुनुभएका राष्ट्रकविप्रति शाेक प्रस्ताव पारित गरेकाे हाे । त्यस्तै बैठकले बाढी पहिराेमा परी ज्यान गुमाएकाहरूप्रति शाेक व्यक्त गरेकाे छ ।

    साथै  बैठकले विभिन्न देशमा रहेका नेपाली नागरिक, विदेशस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान सुरु गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिने निर्णय गरेको हो । स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

    होटलको खर्च सम्बन्धित यात्रुले नै बेहोनुपर्ने निर्णय गरिएको एक मन्त्रीले बताए । होटलको व्यवस्थापन जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)ले गर्नेछ भने टिकट बुक गर्दा नै होटलको खर्च भुक्तानी गर्नुपर्नेछ । यसका अतिरिक्त स्वदेश आउन चाहने नागरिकले ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको (पीसीआर) रिपोर्ट पनि देखाउनुपर्ने मन्त्रीले जानकारी दिए ।यदि होटल बुकिङ र पीसीआर रिपोर्ट नभएका यात्री ल्याइएमा सम्बन्धित वायु सेवा निमगलाई कारबाही गरिने भएको छ । कारबाहीको अधिकार अधिकार पर्यटन मन्त्रालयलाई दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार