वीरगञ्ज । बारामा कोरोना भाइरसकाे संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार बिरामीलाई अस्पताल ल्याइए पुर्याइको भएपनि उपचार भने गर्न नभ्याइएको अवस्थामा ज्यान गएकाे हाे।
बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुने बाराका मात्रै ५ जना पुगेको छ । कुल ३२ जनाको मृत्यु भएकोमा २३ जना पर्साका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।