Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पामा पनि भदौ १२ गतेसम्म निषेधाज्ञा जारी


    बिहिबार, भाद्र ४ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा।  कोभिड सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यही भदौ ५ गते १२ बजे रातिदेखि भदौ १२ गते राति  १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

    उनका अनुसार निषेधाज्ञाका अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामाग्रीवाहक सवारी साधन, औषधि बोकेका सवारी साधनलगायत अत्यावश्यक सवारी साधन मात्रै चलाउन पाइने छ  ।

    सो अवधिमा अत्यावश्यक सरकारी तथा सुरक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी र विद्युतलगायत कार्यालय खुल्नेछन् । व्यवसायतर्फ औषधि तथा औषधिजन्य, खाद्य, फलफूल, तरकारी, दूधका पसल बिहान ७ देखि १० बजेसम्म मात्र खुल्ने प्रजिअ न्यौपानेले जारी गरिएको निषेधाज्ञामा उल्लेख  छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार