काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले निषेधाज्ञा वा लकडाउनको अवधिलाई लामो समयसम्म राख्न नहुने बताएको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भनेकाे छ ।
कांग्रेसका सुझावहरू यस्ता छन्
१) कोरोनाको बढ्दो संक्रमणका कारण देशको आधाभन्दा बढी भू–भागमा यतिबेला लक डाउन देखि निषेधाज्ञासम्म जारी छ। देशको राजधानी काठमाडौं उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा छ र यसले समग्र जन जीवनलाई कष्टकर बनाएको छ। नियमित जीवनमा ब्यवधान ब्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन्। ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने मान्यता पुनः दोहो-याउँदै नेपाली कांग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गर्दछ।
२) लक डाउन या निषेधाज्ञा आफैँमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतीतको एकसय बीस दिन लामो लक डाउनले गरिसकेकै छ। केवल रक्षात्मक रणनीति मात्रै हुन् लक डाउन र निषेधाज्ञा। कोरोना विरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्न सक्नुपरेको छ। नेपाली कांग्रेस आग्रह गर्दछ- विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्।
३) चैत्र महिनादेखि सवासय दिनसम्मको लक डाउनमा देशले कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो। निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ।
४) प्रतिकुल वातावरणबीच फ्रन्ट लाइनमा कार्य गरिरहेका स्वास्थकर्मी देखि सफाइकर्मीसम्म अनि सुरक्षा ब्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मी देखि सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मी सम्मलाई उच्च सम्मान गर्दै नेपाली कांग्रेस उहाँहरुका लागि आवश्यक पर्ने भौतिक सामग्री देखि मनोबैज्ञानिक सहजता सम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारलाई अपील र आग्रह गर्दछ।
५) निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउनेछ। अतः त्यसबारेमा समयमै दृष्टी र योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य हुन्छ। नेपाली कांग्रेस ती सबै वर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराउन चाहन्छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend