Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंकी एक महिलासहित थप ६ कोरोना संक्रमितको मृत्यु , मृतककाे संख्या १ सय २६ पुग्याे


    बिहिबार, भाद्र ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    २  महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी ६ जना संक्रमितको मृत्यु भएको हो।

    काठमाडौंमा १ महिला, मकवानपुर र सप्तरीमा १/१ पुरुष, पर्सामा दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार