Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीलाई अभद्र व्यवहार गर्ने विप्लव समूहकी नेतृ भुजेल सप्तरीमा पक्राउ


    बिहिबार, भाद्र ४ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । प्रहरीलाई अभद्र व्यवहार गर्ने नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी नेत्री उमा भुजेल पक्राउ परेकी छन् । ४१ वर्षीया भुजेल र अर्का नेता सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ ।

    अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी नेता भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार मात्रै साधारण तारेखमा रिहा गरेको थियो । भुजेललाई प्रहरीलाई यसअघि पनि पटकपटक पक्राउ गरेको थियो । 

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार