Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा आज कति थपिए काेराेना संक्रमित?


    बिहिबार, भाद्र ४ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं-  बिहीबार काठमाडौं उपत्यकामा २०० संक्रमित थपिएका छन्। काठमाडौंमा १७४ , ललितपुरमा १८ र भक्तपुरमा  ८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ।

    हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा देशभरमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ। 

    पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार