Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिड प्रहार गर्ने दुई आरोपी पुर्पक्षका लागि थुनामा, उपचारमा २ लाख क्षतिपूर्ति प्रदान गर्न आदेश 


    बिहिबार, भाद्र ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तस्वीरः एसिड प्रहार गर्ने आरोपी मोहम्मद आलम र मुन्ना मोहम्मद

    काठमाडौं । गएको साउन ८ गते काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई ब्यक्तिलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । बिहीबार मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहले बिहीबारपवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    अदालतले एसिड प्रहारमा परेकी कार्कीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरुलाई अदालतले पुर्पक्षमा पठाउँथ्यो । क्षतिपूर्ति दिए पनि मुद्दा फैसलापछि मात्र दिने नजीर थियो । तर यो पटक प्रारम्भिक सुनुवाइमै अदालतले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । प्रारम्भिक सुनुवाइमै राहतकोषबाट रकम दिने आदेशले पीडितलाई उपचारमा सहयोग पुगेको छ भने न्याय पाएको अनुभूति पनि भएको अधिवक्ता राधिका खतिवडाले बताइन् ।

    आजको थुनछेक बहसमा पीडित कार्कीको तर्फबाट १ सय जना कानुन ब्यवसायीले वकालतनामा पेश गरे पनि राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौला लगायत १० जनाले बहस गरेका थिए । सरकारी वकिल चपला पोखरेलले पनि बहस गरेकी थिइन् ।   

    एसिड प्रहार गर्ने आलम र मुन्नालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले घटना भएकै दिन पक्राउ गर्न सफल भएको थियो । 
    डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार