Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा किन बस्यो नेकपा कार्यदलको बैठक?


    बिहिबार, भाद्र ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि गठित कार्यदल बैठकमा व्यस्त छ। कार्यदलले आजसहित चार पटक बैठक बसिसकेको छ । आजको बैठक भने बालुवाटारमा जारी छ। 

    कार्यदलको बैठक बालुवाटार पुगेपछि यसलाई चासोपूर्वक हेरिएको छ । गत शुक्रबार गठन भएको कार्यदलको दुईवटा बैठक भने संयोजक विष्णु पौडेलको निवासमा भएको थियो । तेस्रो बैठक भने पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । 

    तर आज बैठक बालुवाटारमा गर्नुको कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह रहेको स्रोतले बताएको छ । कार्यदलका सदस्यसँग छलफल पनि गर्नु पर्ने भएकाले प्रम ओलीले बैठक बालुवाटारमै राख्न आग्रह गरेका हुन् । कार्यदलका सदस्यसँग प्रमले सल्लाह समेत गर्न चाहेको स्रोतको दावी छ । 

    कार्यदलले पार्टीलाई नेकपाको विवार समाधानको लागि सुझाव दिने बताइएको छ । 

    बुधबार साँझ एक टीभी अन्तर्वार्तामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा विवाद समाधानको दिशामा गएको बताएका थिए । उनको आशय प्रम ओलीले पार्टीको कार्यकारी भूमिका छोड्ने रहेको विश्लेषण भैरहेको छ । 

    कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन् । ओली समूहबाट पौडेलका अतिरिक्त शंकर पोखरेल छन् ।

    पहिलो चरणमा सदस्यहरूबाट आएको सुझावलाई एकत्रित गरिसकेको र ती विषयमा नै कार्यदलको छलफल केन्द्रित रहेको कार्यदलमा रहेका एक सदस्यले जानकारी दिए ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार