काठमाडौं । निषेधाज्ञाका कारण खुल्ला रहेको सडकमा समेत ट्रकले पैदल यात्रुलाई ठक्कर दिएको छ । कोटेश्वरको जडिबुटीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु नै भएको छ।
ठक्करबाट सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-३का ४४ वर्षीय धनबहादुर कार्कीको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना६ख २९१७ नम्बरको ट्रकले बिहीबार दिउँसो १ बजे कार्कीलाई ठक्कर दिएको हो।
ठक्करबाट घाइते भएका कार्कीको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले सर्लाहीका ट्रक चालक रेगबहादुर पोखरेललाई नियन्त्रणमा लिएको छ।