कैलाली । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ सय ७० जनाको कोरोना परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो ।
अछामको मेल्लेख गाउँपालिका र साँफेबगर नगरपालिकाका १५/१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।
त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उनले बताए।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ३३ पुगेको छ।