काठमाडौं । आफूलाई पाइलट बताउँदै महिलालाई ठगी तथा लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने मकवानपुर नामटार-२ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई महिलालाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी ठगी गर्ने गरेको प्रहरीले जनाउको छ । आफूलाई नेपाल एयरलाइन्सको पाइलट बताउँदै उनले महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेका थिए । उनीविरुद्धको सूचनाका आधारमा प्रहरीले उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो।
सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।