Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेटरले १ वर्षको तलब पाउने, क्यानले आईसीसीमा पठायो विवरण


    बिहिबार, भाद्र ४ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो डेढ वर्षदेखि तलब नपाएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले तलब पाउने भएका छन् । यसका लागि नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय करारमा रहेका २२ खेलाडी  र एक प्राविधिकको नामावली अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पठाएको छ । 

    सन् २०१९ को सुरु देखि नै तलब नपाएका खेलाडीहरुले क्यानले तलब दिन सकिरहेको थिएन । आईसीसीको शर्त अनुसार क्यानको निर्वाचन भएपनि आर्थिक गतिविधिका लागि भने अझै अवस्था असहज रहेको छ । विशेषगरी आईसीसीले दिने अनुदान रकम निकासा नगरेकाले क्यानले खेलाडीलाई तलब दिन नसकेको हो । 

    यसअघि आईसीसीले सन् २०१९ को फेब्रअरीमा नेपाली खेलाडीहरुको दुई वर्षको तलब एकमुष्ट पठाएको थियो । क्यान निलम्बनको अवस्थामा रहेकाले आईसीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई तलब शीर्षकमा १ करोड २ लाख ७८ हजार पठाएको थियो ।  त्यसयता नेपाली खेलाडीले तलबको रुपमा पाउनु पर्ने रकम पाउन सकेका छैनन् । क्यानले पनि आईसीसीसँग बलियो पहल गर्न नसक्दा तलब आउन नसकेको एक खेलाडीले नेपाल फेसलाई जानकारी दिए । 

    पछिल्लो समय क्यानले खेलाडीको तलब लगायतका कामको लागि आर्थिक समस्या परेको जनाउँदै पत्र लेखेपछि भने आईसीसीले खेलाडीको विवरण र हस्ताक्षरसहित कागजात पठाउन आग्रह गरेको थियो । क्यानले आवश्यक सबै कागजपत्र पठाएको जनाएको छ । 

    यसरी पठाइएको नाममा ए श्रेणीका सात जना, बी श्रेणीका ७ जना र सी श्रेणीका सात खेलाडी छन् । यस्तै प्राविधिकमा नेपाली टोली भिडियो एनालिष्ट तथा व्यवस्थापक रमण शिवाकोटी समेत रहेका छन् । 

    ए श्रेणीमा रहेका खेलाडीको तलब ३५ हजार छ । यस्तै बी श्रेणीमा हुनेको २५ हजार र सी श्रेणीमा हुनेको १५ हजार तलब रहेको छ । एकमुष्ट तलब लिँदा ए श्रेणीको खेलाडी ४ लाख २० हजार पाउनेछन् भने बी श्रेणीका खेलाडीले ३ लाख पाउनेछन् । सी श्रेणीको खेलाडीको हातमा भने १ लाख ८० हजार पर्नेछ । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार