काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरु घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ ।
घर बिदाबाट फर्किएका उनीहरु महाशाखाकै क्वारेन्टिनमा रहेका थिए । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।