Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पछिल्लो २४ घण्टाभित्र भारतमा थपिए ७० हजार कोरोना संक्रमित


    बिहिबार, भाद्र ४ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । 

    सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना संक्रमित भेटिएका छन् । 

    योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९२६ संक्रमित भएका हुन् । 

    तीमध्ये छ लाख ८६ हजार ३९५ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८६६ पुगेको छ । तीमध्ये ९७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

    भारतमा कुल संक्रमितमध्ये २० लाख ९६ हजार ६६५ जना संक्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् ।  

    प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् । एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार