Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध पेस्तोलसहित दुई युवक पक्राउ


    बिहिबार, भाद्र ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले अवैध हतियारसहित दुई युवालाई पक्राउ गरेको छ । बुधबार अपराध महाशाखाको टोलीले अमेरिकन पेस्तोलसहित नुवाकोटका २७ वर्षीय विकेश पण्डित र अमर तामाङलाई पक्राउ गरेको हो ।पक्राउ परेका अमर तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना जेल बसेर गत चैत २२ गते छुटेका थिए । 

    उनीहरुको साथबाट अमेरिकन पेस्तोलसहित दुई थान म्यागजीन र १० राउण्ड गोली समेत फेला परेको छ ।

    महाशाखाबाट प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाले सो हतियार धनुषाका शम्भु कार्कीको भएको बताएका छन् । कार्की अहिले डाँका मुद्दामा कारागारमा रहेका छन् । कार्कीले सो पेस्तोल धादिङका राजकुमार गुरुङलाई राख्न दिएको राजकुमारले बालाजुको एक होटल साहुलाई राख्न दिएको बयान दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार