पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा तीन महिला र तीन पुरुष छन् ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका ती जना, तनहुँका दुई र स्याङ्जाका एक जना रहेका छन् ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १८ पुगेको छ ।