Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा सरकारबाट बाहिरिएसँगै प्रचण्ड सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय


    शनिबार, फाल्गुन १३ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार त्यागेको अर्थात् सरकारबाट बाहिरिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट राप्रपा बाहिरिएको हो ।

    आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो

    सरकारबाट बाहिरिने निर्णयसँगै राप्रपाले प्रधानमन्त्री प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको छ ।

    सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।

    ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार