Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जा कारागारमा खटिएका दुई सैनिकमा कोरोना पुष्टि


    बिहिबार, भाद्र ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • स्याङ्जा । स्याङ्जा जिल्ला कारागारको सुरक्षाका लागि खटिएका नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कारागारको सुरक्षामा खटिंदै आएका दुबै सैनिकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितहरुको पोखरास्थित आर्मी अस्पतालमा उपचार भैरहेको छ ।  

    प्रशासनले कारागारको बाहिरी सुरक्षाका लागि नेपाली सेना र भित्री सुरक्षाका लागि नेपाल प्रहरी तैनाथ गरेको छ।

    करिब ३५ देखि ४० वर्षका नेपाली सेनाका जम्दार र हवल्दारद्वय संक्रमित भएका कारागार प्रमुख चुडामणि भण्डारीले जानकारी दिए। दुबै सैनिक अस्वस्थ भएपछि उपचारका लागि पोखरा पठाएको र उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। 

    सोमबार साँझ जिल्ला कारागारका एक जना कैदीमा पनि कोरोना संक्रमण देखिएको थियो। कारागारमा कैदीसहित दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबार पहिलो चरणमा अन्य बाँकी सुरक्षाकर्मी र कर्मचारीको पीसीआर परीक्षणको तयारी भैरहेको कारागार शाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार