Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निषेधाज्ञा कडा, तर उल्लंघन गर्ने उत्तिकै: बिहान मात्रै दुई सय सवारीसाधन प्रहरीको नियन्त्रणमा


    बिहिबार, भाद्र ४ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बुधबार राति देखि जारी निषेधाज्ञा कडा बनाइएको छ । तर निषेधाज्ञा उल्लंघन गर्ने प्रयास भैरहेको छ । प्रहरीले बिहीबार बिहान मात्रै निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

    कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ। महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले निषेधाज्ञा उल्लंघन गर्ने सवारी पक्राउ गरी फर्किन लगाएको जानकारी दिए 

    पक्राउ परेका तर ती व्यक्तिका साधनहरु भने अहिले फिर्ता दिइएको छैन । पक्राउ परेका सवारीसाधनलाई साँझ मात्र छाडिने गौतमले बताए।

    महानगरीय प्रहरी परिसर काठमाडौंले भने जरुरी काम बिना बाहिर निस्केका ४ सय ३७ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई पहिलो चरणमा सम्झाएर घर फर्काइने परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

    पटक-पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ।

    प्रशासनले काठमाडौं उपत्यकाभर सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढेपछि प्रशासनले उपत्यकालाई सुरक्षित राख्न निषेधाज्ञा जारी गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार