Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा बिहीबार सबै बैंक बन्द, यस्तो छ कारण


    बिहिबार, भाद्र ४ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्र बैंकको निर्देशन विपरित बिहीबार सबै बैंकहरु बन्द हुने भएको छ । बैंक तथा वित्तीय संस्थालाई बुधबार नै राष्ट्र बैंकले सेवा बन्द नगर्न आग्रह गरेको थियो ।

    तर बिहीबार काम लागि हिँडेका कर्मचारीलाई प्रहरीले अवरोध गरेपछि भने बैंक बन्द हुने भएको हो । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ । 

    जिल्ला प्रशासन कार्यालयले एक साताको लागि उपत्यकामा निशेधाज्ञा जारी गरे पनि न्यूनतम बैंकिङ सेवालाई सुचारु राख्न प्रशासनले सहमति लिएको थियो । सो सहमतिपछि राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार बन्द नगर्न निर्देशन दिएको थियो । 

    तर, प्रशासनले पूर्व प्रतिवद्धताअनुसार बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि बैंक खुला गर्न नसक्ने निर्णयमा पुगेको बैंकर्स संघले जनाएको छ । यसबारे संघले राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल समेत गरिसकेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार