Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल–भारत सीमाको दसगजामा ६ लाख ६० हजार रकमसहित दुई महिला पक्राउ


    बुधबार, भाद्र ३ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गौर । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका दुईजना भारतीय महिलाको साथबाट स्रोत नखुलेको रु. ६ लाख ४० हजार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले जनाएका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीया बस्ने वर्ष ४५ की शान्ति देवी र सोही ठाउँ वस्ने वर्ष ४५ की मिना देवी पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान शुरु गरिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार