Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआईजी सिंहको राजीनामा स्वीकृत


    बिहिबार, फाल्गुन ११ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । बुधबार राजीनामा दिएका उनको आज गृह मन्त्रालयबाट स्वीकृत भएको हो ।

    जन्ममिति विवादका कारण सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त राजीनामा पत्र गृह मन्त्रालयमा पठाएको थियो ।

    प्रहरीको उच्च अधिकारीको राजीनामा गृह मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गर्ने व्यवस्था छ । सोही अनुसार आज गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार