काठमाडौं । नेपाल प्रहरीका नायब महानिरक्षिक डीआईजी) अशोक सिंहका बिरुद्ध नागरिता छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ । हाल सुदूर पश्चिम प्रदेशमा कार्यरत डीआइजी सिंहको २०४२ जेठ २२ मा जारी भएको नागरिकता प्रमाणपत्रमा जन्ममिति १८ बर्ष भएको उजुरीमा उल्लेख छ । सो मिति अनुसार उनको जन्ममिति २०२४ जेठ २२ हुन्छ ।
डीआइजी सिंह नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका हुन् । उनले सिटरोलमा आफनो जन्ममिति २०२५ पुस १६ उल्लेख गरेका छन् । उनको नागरिकता र सिटरोलमा भएको जन्ममितिमा १ बर्ष ६ महिना र १४ दिनको फरक रहेको देखिन्छ ।
सिंहले प्रहरी निरीक्षक पदमा दरखास्त दिने समयमा सो निवेदन दिने अन्तिम म्याद २०५० मंसिर १ सम्म रहेको थियो । प्रहरी निरीक्षक पदमा दरखास्त दिने अन्तिम मितिसम्ममा दरखास्त दिने उम्मेदवारको उमेर २५ बर्ष पूरा भएको हुनुहुँदैन । उनको नागरिकताको जन्ममिति २०२४ जेठ २२ ले २०५० मंसिर १ मा सिंहको उमेर २६ बर्ष ५ महिना ९ दिन हुन्छ ।
उनले तत्कालीन समयमा पेश गरेको शैक्षिक प्रमाणपत्र भारतको रहेको र सो प्रमाणपत्र नेपालको त्रिभुवन विश्वविद्यालयबाट समकक्षता (इक्युभ्यालेन्ट) गरेको अवस्था छैन ।
डीआइजी सिंहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नागरिकताको सक्कल जन्ममितिलाई लुकाई सिटरोलमा जन्ममिति २०२५ पुस १६ लेखाई सेवा प्रवेश गरेको देखिएकाले उनको शैक्षिक प्रमाणपत्र, जन्ममिति लगाएतको अनुसन्धान गरी कानून विपरीत कार्य गरेका उनलाई आवश्यक कारबाहीको माग गरिएको छ ।
अख्तियारमा शुक्रबार दर्ता गरिएको उक्त उजुरीको दर्ता नम्बर सी–०४२३९८ रहेको छ ।
उजुरी यस्तो छः

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend