Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीसीएमसीकाे दाेहाेराे नीति: टर्किस एअरले ल्यायो तर एनएसीलाई रोकियाे


    बुधबार, भाद्र ३ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तीनदिनअघि दुबईबाट नेपाल आउने तयारीमा रहेकानेपाली नागरिक लिन गएको नेपाल एयरलाइन्सको विमान(एनएसी) रित्तै फर्किएकाे थियाे । कारण थियो जहाज नेपालबाट दुबई प्रस्थान गरेपछि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले अन्तिम समयमा विदेशबाट नेपाली ल्याएर राख्न नसकिने निर्णय गर्नु ।

    दुबइकाे विमानस्थलमा २३० जना नेपाली नागरिक विमान पर्खेर बसेमा थिए।तर दुबईबाट नेपाली श्रमिकलाई ल्याउन नदिएको सरकारले इस्तानबुलबाट टर्किस विमानबाट भने यात्रु ल्याउन दिएको छ ।  नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्सलाई यात्रु नलिई आउन निर्देश गरेको सीसीएमसीले मंगलबार नै टर्किस एयरलाइन्सलाई भने यात्रुको अनुमति दिएको खुलेको छ ।

    सीसीएमसीको अनुमतिबाटै टर्किसले सोही दिन २०१ यात्रु ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले टर्किसलाई यात्रु ल्याउने अनुमति भएकाले उसले यात्रु ल्याएको बताए ।  

    उक्त विमानले २ सय १ जना यात्रु ल्याएको थियो ।   सीसीएमसीकाे दाेहाेराे नीतिले दुबइमा रहेकाे नेपाली विनाकारण दु:ख पाइरहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार