Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • गाँजासहित युवक पक्राउ


    बुधबार, भाद्र ३ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर । जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मङ्गलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

    ८५ सुर्तीका प्याकेटमा प्याक गरि बिक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अबस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए ।

    उनका अनुसार गुरुङलाई थुनामा राख्न आजै जिल्ला अदालतबाट सात दिनको समय थप गरि अनुसन्धान शुरु गरिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार