काठमाडौं । ‘मिसन ग्रासरुट’ अभियानलाई सफल बनाउन आयोजित मकवानपुर जिल्ला कमिटी बैठक नेकपा (एमाले) स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरु समेतको सहभागिता रहने अभियान बैशाख ६ गते समापन हुनेछ । अभियानले जनताको घरदैलोसम्म पुगेर सदस्यता नवीकरण, वितरण र पार्टी कमिटीलाई सुचारु बनाउने निर्णय बैठकले गरेको छ ।
बैठकमा हिन्दुराष्ट्र कायम, नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव अगाडि बढाउन, समानुपातिक र आरक्षण वर्गीय आधारमा गर्न, पञ्चायतकालदेखि लाभको पदमा रहेका नेता र अन्यको सम्पत्ति छानबिन, एमालेको शत्रु र मित्र एकिन गरी तत्कालीन कार्यनीति प्रष्ट हुन छलफलका लागि प्रस्ताव पेश गरिएको छ ।
केन्द्रीय बन तथा वातावरण विभाग सदस्य, मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रचार विभाग प्रमुख एवम् प्रगतिशील पेशागत् कानुन व्यवसायी एसोसिएसन केन्द्रीय सदस्य ध्रुवप्रसाद चौलागाईंले नेपालको भावी राजनीति यी कुराहरुमा केन्द्रित रही अगाडि बढ्ने भएकाले यी कुराहरुमा प्रष्ट हुनु आवश्यक रहेको पार्टी जिल्ला कमिटी बैठकमा प्रस्तावका रुपमा पेश गर्दै उक्त प्रस्तावहरु पार्टी जिल्ला कमिटी र केन्द्रबाट अभियानमा खटिएका अभियानकर्तामार्फत् केन्द्रीय कमिटीमा छलफल गरी निष्कर्ष निकाल्न माग गरेका छ्न । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend