Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञा जारी हुने भएपछि चिकित्सकको लाइसेन्स परीक्षा फेरि स्थगित


    बुधबार, भाद्र ३ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले निषेधज्ञा जारी गरेकाेले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा फेरि स्थगित गरेको छ । कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण परीक्षण स्थगित गरिएको काउन्सिलले जनाएको छ ।

    भदौ ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा स्थगित गरेको काउन्सिलद्वारा बुधबार जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ। उक्त परीक्षा कोरोना संक्रमणको अवस्था कम भएपछि मात्र हुने काउन्सिलले प्रष्ट पारेको छ । त्यसका लागि परीक्षा मिति र परीक्षा केन्द्र पछि नै तोकिने बताइएको छ ।

    यसअघि गत चैत ८ देखि शुरू हुने भनिएको चिकित्सकहरुको लाइसेन्स परीक्षा कोरोनाकै कारण स्थगित भएको थियो । साउन ६ गते लकडाउन खुलेसँगै काउन्सिलले चिकित्सकको लाइसेन्स परीक्षा लिने तयारी गरेको थियो । काउन्सिलले एमबीबीएस र बीडीएस उत्तिर्णहरूको लाइसेन्स परीक्षा लिदै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार