Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता


    बुधबार, भाद्र ३ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ । 

    प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताए । तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो ।

    प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए। 

    उनले भने, “यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउने छौं ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार