Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, ‘एटीएममा पर्याप्त पैसा राख्नु’


    बुधबार, भाद्र ३ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई प्रभावकारी बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले  निर्देशनमार्फत् एटीएम बुथमा पर्याप्त नगद राख्‍न र ग्राहकलाई विद्युतीय कारोबारको लागि सूचित गर्न भनेको छ । यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टी लगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    सम्बन्धित प्रशासनसँग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयको लागि आलोपालो मिलाएर न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर कारोबार गर्न पनि राष्ट्र बैंकले भनेको छ । 

    खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार