Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा बोलेरोको ठक्करबाट प्रहरी जवान र हवल्दारको मृत्यु


    बुधबार, भाद्र ३ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । प्रहरीको मोटरसाइकलमा बोलेरोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो ।

    प्रहरी जवान बगालेले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बोलेरो जिपले ठक्कर दिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि मंगलबार निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै गुडेको बोलेरोले मंगलबार राती १ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    विन्ध्यवासिनबाट जिरो किलोमिटर झर्दै गरेको मोटरसाइकललाई मालेपाटनमा बोलेरोले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ग२च २६२६ नम्बरको बोलेरोले ग१ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

    बोलेरोको ठक्करबाट प्रहरी जवान बगालेको गएराति नै मृत्यु भएको थियो भने गम्भिर घाइते बनेका हवल्दार थारुको पनि मृत्यु भएको छ । दुर्घटनापछि घाइते भएका दुवै जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।  बोलेरो चालक धादिङ घर भई पोखरा महानगरपालिका ५ पर्स्याङ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार