Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय


    बुधबार, भाद्र ३ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले (नेपाल कम्युनिष्ट पार्टी – एकीकृत मार्क्सवादी लेनिनवादी) दर्ता गर्ने निर्णय गरेको छ। गत असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि  निवेदन दिइएको थियो । सोही आधारमा दल दर्ता गर्ने निर्णय भएको आयोगले जनाएको छ । 

    सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित गर्ने लगायतका काम सम्पन्न गरेपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

    दल दर्ता भएपछि आयोगले पार्टीलाई प्रमाण पत्र दिने छ। राजपत्रमा सूचना प्रकाशित गर्दै दल दर्ताको जानकारी दिने तयारी भएको समेत आयोगले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार