काठमाडौं । नेकपाका संघीय सांसद यज्ञबहादुर बोगटीमा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम-२ बाट निर्वाचित बोगटीले आफू संक्रमित भएको जानकारी दिएका छन् ।
ललितपुर क्षेत्रमा बस्दै आएका सांसद बोगटीलाई कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना परीक्षण गरिएको थियो । उनी बस्दै आएको टोलका एक जनालाई कोरोना संक्रमण भएपछि उनको पनि स्वाब लिइ परीक्षण गरिएको थियो । गत साउन ३० मा गरिएको पहिलो परीक्षणको रिपोर्ट साउन ३२ मा आएको र सो रिपोर्ट नेगेटिभ आएको थियो ।
तर भदौ २ मा दोस्रो रिपोर्टमा भने उनीमा संक्रमण देखिएको थियो ।
कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेशनमा छन् । बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।