Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप आबद्ध जमैकाको पहिलो खेल आज


    बुधबार, भाद्र ३ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेको टोली जमैका तल्लावाजले आज क्यारेबियन प्रिमियर लिग (सीपीएल) को आफ्नो पहिलो खेल आज खेल्दैछ ।

    जमैकाले आज सेन्ट लुसिया जौक्सको सामना गर्दैछ । जमैका र  लुसियाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । 

    सन्दीप लागातार तेस्रो पटक सीपीएल खेलिरहेका हुन् । २०१८ को सीपीएल संस्करणमा उनले ५ खेलमा १७ ओभर बलिङ गर्दा १०६ रन खर्चेर ७ विकेट लिएका थिए । गत संस्करणमा उनले ६ खेलमा २० ओभर बलिङ गरेर ८ विकेट लिएका थिए ।

    सीपीएल खेल्न सन्दीप लामिछाने साउन तेस्रो साता वेष्टइण्डिज प्रस्थान गरेका थिए । सन्दीप दुई साता क्वारेन्टिनमा बसेका थिए भने वेष्ट इन्डीजमा समेत उनको पीसीआर परीक्षण भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार