मकवानपुर । हेटौंडामा मंगलबार एकजनाको मृत्यु भएको छ । टौंडा–१ जरुवाटोलस्थित आफ्नै घरमा निधन भएका ६१ वर्षीय व्यक्तिको बुधबार पीसीआर रिपोर्टमा उनीमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा स्वाब परीक्षण गर्दा मृतकमा कोरोना संक्रमण देखिएको हो । मृतकमा उच्च रक्तचाप, किड्नीमा समस्याका साथै हेपाटाइटिस बीको संक्रमण समेत रहेको थियो ।
ती मृतकको शव अहिले घरमै रहेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने बताइएको छ ।