Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु


    बुधबार, भाद्र ३ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा। कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय, पर्साका अनुसार कोरोनाबाट वीरगञ्ज महानगरपालिका–४ विर्ताका ८४ वर्षीय र वीरगञ्जकै भिस्वाका ५७ वर्षीयको मंगलबार राति मृत्यु भएको हो।

    ८४ वर्षीय वृद्ध साउन २७ गते नारायण अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममै गएराति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    त्यस्तै, अर्का ५७ वर्षीय पुरुषको मंगलबार साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो। उनी श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि अस्पताल भर्ना भएका थिए।

    उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार