काठमाडौं । कोरोना संक्रमण बढेसँगै उपत्यकाका तीन जिल्ला प्रशासनले आज राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिसकेको छ । तर यो अवधिमा पनि सेयर बजार भने बन्द नहुने भएको छ ।
निशेधाज्ञाको समयमा अत्यावश्यक व्यवसाय सञ्चालनलाई मात्र अनुमति दिएको भएपनि सेयर बजार बन्द नहुने भएको हो । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई निरन्तरता दिने निर्णय गरेको थाहा भएको छ ।
अनलाइनबाटै सेयरको खरिदबिक्री हुनुको साथै भुक्तानी समेत अनलाइन नै हुने भएकाले सेयर बजार बन्द नगर्ने निर्णय गरिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढङ्गानाले बताए ।
सेयर बजार बन्द गर्दा लगानीकर्ताहरुलाई प्रत्यक्ष असर पर्ने भएकाले यसलाई बन्द नगर्ने निर्णय गरिएको बुझिएको छ । यसअघि सरकारले लागू गरेको लकडाउनको ३ महिना अवधिमा भने सेयर बजार पूर्णरुपमा बन्द भएको थियो । अहिले भने बोर्डले धितोपत्र दलाल व्यवसायी र लगानीकर्तालाई अनलाईनबाटै सेयर कारोबारको भुक्तानी गर्न निर्देशन दिइसकेको छ । सोहीकारण बजार सञ्चालन सम्भव हुने धितोबोर्डको निष्कर्ष रहेको छ ।