Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा बाढीको कहर: १६ घर बगायो, १९ जना बेपत्ता


    बुधबार, भाद्र ३ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । अविरल वर्षासँगै उर्लेको कैलाश खोलाको बाढीले अछामको रामारोशन गाउँपालिका–५ स्थित एक बस्तीको १६ घर बगाएको छ ।

    बाढीका कारण घरसँगै बगेकामध्ये हालसम्म चार शव भेटिएको छ भने १९ जना बेपत्ता भएको गाउँपालिकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिएकी छिन् ।

    बाढीले गजड, मुजा र सैनी बजारमा बढी क्षति पुर्‍याएको उनले जानकारी दिएकी छिन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

    बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार