काठमाडौं । भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् । राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करले मौकाको फाइदा उठाउँदै तस्करी व्यापक पारेका हुन् ।
विभागमा एक वर्षमा चार जनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन् । जसको फाइदा तस्करले उठाउने गरेका छन् । पछिल्ला केही समयदेखि सीमा नाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर रहेको पाइएको छ ।
राजस्वको कमजोर उपस्थिति भएपछि नाकामा चोरीपैठारीमार्फत करोडांै मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामान तस्करी हुने क्रम बढेको हो । यसरी तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गर्न सकेको छैन ।
विभिन्न सामान ठूलो परिमाणमा तस्करी गरी काठमाडांै ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन ।
राजस्व अनुसन्धान विभाग स्रोतअनुसार नवलपरासी, सिराहा, सप्तरी, वीरगन्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामान भित्रिरहेका छन् । तर, विभाग अस्थिर बन्न पुग्दा त्यसरी हुने तस्करी नियन्त्रणमा समस्या परेको विभागका कर्मचारीको गुनासो छ । विभागमा तीन(तीन महिनामा महानिर्देशक फेरिन पुग्दा तस्करलाई सहज हुने गरेको विभागकै अधिकारीको भनाइ छ ।
राजस्व अनुसन्धान विभागले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेका छन् । तर, पनि विभागले सो प्रणालीमा आबद्ध नहुनेहरूलाई खोजी गरी कारबाही गर्न सकेको छैन । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend