धरान । कोरोना संक्रमण एक महिलााको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ६७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाँउपालिका २ घर भएकी उनलाई विराटनगरको विराट मेडिकल कलेजले रेफर गरेपछि मंगलबार दिउँसो प्रतिष्ठानमा लगी भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनको गएराति निधन भएको हो ।
अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गम्भीर समस्या भएका कारण उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृतक महिला विगत लामो समयदेखि मुटु समस्याको दीर्घ रोगी भएको अस्पतालले जनाएको छ ।