काठमाडौं । विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय भएको हो ।
कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम भदौ ३ गते (बुधबार राति १२ बजे) देखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञाको निर्णय हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
कोरोना कहरः उपत्यकामा सात दिन निषेधाज्ञा
मंगलबार एकै दिन २ सय ५ जनामा संक्रमण देखिएपछि सरकार निषेधाज्ञाको निर्णयमा पुगेको हो। उपत्यकामा मात्र संक्रमितको संख्या २ हजार नाघिसकेको छ । सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुग्दा ११४ जनाको मृत्यु भइसकेको छ ।
निषेधाज्ञाको समयमा के गर्न पाइन्छ र के गर्न पाइदैन त ?
