काठमाडौं । आज ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
साउन २१ गतेदेखि उपचाररत कोरोना संक्रमित ती महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको । योसहित नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।