Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रासायनिक मल बिक्री गर्दा किसानसँग महंगो मूल्य लिने पक्राउ


    मंगलबार, भाद्र २ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मन्थली । किसानसँग महङ्गो मूल्य लिएर रासायनिक मल बिक्री गर्ने एक जनालाई मङ्गलबार रामेछाप प्रहरीले पक्राउ गरेको छ । कृषक जागरण कृषि सहकारी संस्था ओख्रेनीको–६ रामेछापको मन्थली बिक्री केन्द्रका पदमबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

    सो सहकारीको बिक्री कक्षमा समेत स्थानीय प्रशासनले सिल गरेको छ । सो संस्थाका व्यवस्थापक तथा बिक्री केन्द्रका प्रमुख लामाले एमोनियम सल्फेट नामको रासायनिक मलको मूल्य लिई युरिया बिक्री गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । वीरगञ्जमा आठसय ४६ रुपैँया मूल्य पर्ने सो मल लामाले मन्थली ल्याएर एक हजार आठ सय रुपैँया प्रति बोराका दरले बिक्री गरेको पाइएको छ । उनले मंगलबार किसानलाई एक सय ६६ बोरा मल बिक्री गरेका थिए ।

    कृषकलाई एमोनियम सल्फेटकै बिल काटेका लामाले मल भने युरिया दिएका थिए । मल लिनुअघि कृषकलाई दिएको बिल मलको बोरा दिएपछि बिक्रेताले नै फिर्ता लिएका थिए । उनलाई कालोबजारी अन्तर्गत पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याल रामेछापको हिरासतमा पठाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार