Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्तत: बुधबार मध्यरातदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा


    मंगलबार, भाद्र २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

    राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    बैठकपछि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएकाे बताए। अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।

    खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार