विराटनगर । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको व्यवस्थापनमा खटिने क्रममा उनलाइ संक्रमण भएकाे अनुमान गरिएकाे छ।
कोभिड १९ उपचार केन्द्र विराटनगरको व्यवस्थापन हेर्दै आएका बस्नेतलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीसँगै कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । एकसाता अघि गोठगाउँ आइसोलेसन केन्द्रमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई पनि संक्रमण पुष्टि भएको थियो ।